FAQs Complain Problems

समाचार

बैजनाथ गाउँपालिकाको संक्षिप्त परिचय

बैजनाथ गाउँपालिका लुम्बिनी प्रदेशको बाँके जिल्लामा अवस्थित रहेको छ। पूर्वमा कोहलपूर नगरपालिका, दक्षिणमा खजुरा गाउँपालिका र पश्चिममा मानखोला तथा उत्तरमा बर्दिया जिल्लाको बाँसगढी नगरपालिका अवस्थित रहेको छ| गाउँपालिकाको केन्द्र साविक बनकटवा गाविसको कार्यालय रहेको स्थानमा रहेको थियो, हाल रामपुर वडा नं. ५ मा रहेको छ। साविकका चिसापानी, नौवस्ता, वनकटवा र टिटिहिरिया गाविस मिलेर गठन भएको हालको बैजनाथ गाउँपालिकाको नामाकरण ऐतिहासिक तथा राजनितिक पृष्ठभुमि सँग जोडिएको छ। साविकको वनकटवा वडा नं ३ र हालको वडा नं ७ पेडारीमा जन्मेका बैजनाथ थारुको नामबाट यस गाउँपालिकाको नामाकरण भएको हो।

जातीय हिसाबले मिश्रित बसोबास रहेको यस गाउँपालिकामा थारु, मुस्लिम, बाहुन, क्षेत्री, ठकुरी र दलित जातिहरु रहेका छन्। जातीय र भाषिक विविधता रहेको यस गाउँपालिका क्षेत्रमा मुख्य रुपमा हिन्दु धर्मावलम्बी नै रहे पनि मुस्लीम र  क्रिश्चियन धर्म मान्ने जनसंख्या पनि यहाँ रहेको छ|

पश्चिमी तराइ क्षेत्रमा पर्ने यस गाउँपालिकाको सम्पूर्ण भुभाग समथर रहेको छ। बर्दिया राष्ट्रिय निकुञ्ज र बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा पर्ने केही भुभागमा चुरे क्षेत्रका विषेशता रहे पनि अधिकांश क्षेत्रहरु समथर रहेको छ। यस गाउँपालिकाको कुल जमिन मध्ये सबैभन्दा बढि क्षेत्रमा खेती गरिएको छ भने मध्यवर्ती क्षेत्र लगायतको बन जंगलले पनि उल्लेख्य क्षेत्र ओगटेको छ।

गाउँपालिकासंग सम्बन्धित तथ्यांकहरु:

उत्तरी अक्षांश : २८° ८' ३८"  देखि  ३०° २०' १६"   पूर्वी देशान्तर : ८१° ३१' ५" देखि ८१° ४४' ११"

उचाई - समुन्द्र सतहबाट १४० मिटर देखि ४५० मिटर

क्षेत्रफल: १४१.६७ वर्ग कि.मि.

जम्मा वडा :८ वटा

जनसंख्या: महिला(३४०८५) , पुरुष(३५१९७),  जम्मा(६९२८२)

परिवार संख्या: १३९८७

औषत घरपरिवारको आकार : ४.९४ जना

साक्षरता: पुरुष(९३.९७%) महिला (८७.०९%), औषत: ९०.५३

वडा नं. 

हाल कायम भएको वडा (ठेगाना )

साविकका गा.बि.स/ न.पा
चिसापानी

चिसापानी (वडा नं. १-९)

डिगिया नौबस्ता (वडा नं. १-३)
नौबस्ता

नौबस्ता (वडा नं. ४-७)

बानियाभार नौबस्ता (वडा नं. ८,९)
बनकटवा बनकटवा (वडा नं. ४,६,७,८)
सम्झना बनकटवा (वडा नं. ५,९)

पेडारी

बनकटवा (वडा नं. १-३)

टिटिहिरिया टिटिहिरिया (वडा नं. १-९)