बैजनाथ गाउँपालिका लुम्बिनी प्रदेशको बाँके जिल्लामा अवस्थित रहेको छ। पूर्वमा कोहलपूर नगरपालिका, दक्षिणमा खजुरा गाउँपालिका र पश्चिममा मानखोला तथा उत्तरमा बर्दिया जिल्लाको बाँसगढी नगरपालिका अवस्थित रहेको छ| गाउँपालिकाको केन्द्र साविक बनकटवा गाविसको कार्यालय रहेको स्थानमा रहेको थियो, हाल रामपुर वडा नं. ५ मा रहेको छ। साविकका चिसापानी, नौवस्ता, वनकटवा र टिटिहिरिया गाविस मिलेर गठन भएको हालको बैजनाथ गाउँपालिकाको नामाकरण ऐतिहासिक तथा राजनितिक पृष्ठभुमि सँग जोडिएको छ। साविकको वनकटवा वडा नं ३ र हालको वडा नं ७ पेडारीमा जन्मेका बैजनाथ थारुको नामबाट यस गाउँपालिकाको नामाकरण भएको हो।
गेरुवा गा.पा., बाँकेबाट सरुवा भइ आउनु भएका ईन्जिनियर श्री टंकर रोकायालाई गा.पा. अध्यक्ष, उपाध्यक्ष, कार्यपालिका सदस्य तथा सम्पूर्ण कर्मचारीहरुको उपस्थितिमा मिति २०८२/१०/१२ गते गा.पा. कार्यालयमा स्वागत गरिएको छ ।
बैजनाथ गाउँपालिकाको चालु आर्थिक वर्षको पहिलो चौमासिकमा भएको कार्यप्रगति तथा सेवा प्रवाह सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम मिति २०८२ पुष २८ गते सोमबार सम्पन्न भएको छ ।
आ.व. २०८२/०८३ को लागि स्वीकृत योजना तथा कार्यक्रम संशोधन,रकमान्तर, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ स्वीकृत, प्रस्तावित योजना तथा कार्यक्रम तथा विविध विषयमा छलफल सहित १९औं नियमित हिउँदे गाउँ सभा सम्पन्न
स्थानीय सरकार कार्य सञ्चालन ऐन, २०७४ मा भएको ब्यवस्था अनुसार गाउँपालिकाले छनोट गरेका १ जना नगर प्रहरी सहायक निरीक्षक, १ जना नगर प्रहरी हवल्दार र ७ जना नगर प्रहरी जवान तालिम पश्चात कार्यक्षेत्रमा खटिएका छन् ।
यस गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत पदमा मिति २०८२/०८/१० गते हाजिर हुनु भएका श्री कमलराज उपाध्याय ज्यूलाई गाउँपालिका अध्यक्ष श्री प्रकाश बहादुर शाही ज्यूको अध्यक्षतामा स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
आर्थिक वर्ष ०८२/८३ को अर्ध-वार्षिक समिक्षा कार्यक्रम बैजनाथ गा पा प्रमुख श्री प्रकाश बहादुर शाही ज्यु को अध्यक्षतामा मिति २०८२ माघ १२ गते सोमबार सम्पन्न भएको छ ।
सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी सेवा दिने कार्यालयः- गाउँपालिका र वडा कार्यालयहरु सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः- १) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धी मेडिकल सुपरीटेन्डेन्टको सिफारिस
३) व्यक्ति स्वयं उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन |